बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

images
२०८२ चैत्र ४ गते, बुधवार
२०८२ चैत्र ४ गते, बुधवार
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पाैडेलका साथ नेपाली सेनाद्धारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन्। साे अवसरमा नेपाली सेनाले उनकाे सम्मानमा सलामी अर्पण गरेकाे थियो।

    images

    समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वरा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे। सो अवसरमा घोडा दौड़, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए। प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे।

    images

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।

    चैत्र कृष्ण औंसी तिथिका अवसरमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend