काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
प्रतिनिधि सभाको निर्वाचनपछि कांग्रेसले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक चैत ६ गते शुक्रबार दिनको १ बजेका लागि बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूकोे उपस्थितिका लागि कांग्रेसले निर्देशन गरेको छ।
बैठकमा प्रतिनिधि सभाको निर्वाचनको विषयमा समेत समिक्षा हुने बताइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने छ।



