काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण आज पनि जारी छ। आजको अभिमुखीकरण योगाभ्यासबाट सुरु भएको छ।
रास्वपाले संसदमा प्रस्तुत हुने शैली सिकाउन तथा प्रस्तुतिबारे जानकारी दिए आफ्ना सांसदका लागि अभिमुखीकरण आयोजना गरेको हो। मंगलबार सुरु अभिमुखीकरण आज सकिंदैछ।
आज जीवन विज्ञानका योग गुरु एलपी भानु शर्माले रास्वपाका सांसदहरूलाई योगाभ्यास गराएका हुन्।
आजै सभापति रवि लामिछानेले सम्बोधन गर्दै अभिमुखीकरण समापन हुनेछ।
मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए। अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी थिएनन्।
सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह आजको समापन समारोहमा सहभागी हुने बताइएको छ।



