मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आज पनि चट्याङ्गसहित पानी पर्ने सम्भावना

आज पनि चट्याङ्गसहित पानी पर्ने सम्भावना

images
२०८२ चैत्र ३ गते, मंगलवार
२०८२ चैत्र ३ गते, मंगलवार
  • काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ।

    images

    आज दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

    यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको  हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

    आज राति गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने  तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend