काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेको छ।
आयोगले राजनीतिक दलहरूबाट प्राप्त नामवली रुजु सकेर सोमबार समानुपातिक तर्फबाट निर्वाचित भएका ११० जनाको नाम सार्वजनिक गरेको हो।
आयोगले निर्वाचनमा तीन प्रतिशत थ्रेस होल्ड कटाएका ६ वटा राजनीतिक दलक लगि प्राप्त सिट संख्याका आधारमा उम्मेदवार निर्वाचित भएको भन्दै उनीहरूको नाम सार्वजनिक गरेको हो।
आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फको निर्वाचित सदस्यको नामावली यस्तो छ।







