काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिक तर्फबाट आफुले जित हात पारेको संख्या अनुसारको नाम आज निर्वाचन आयोगमा बुझाएको छ।
कांग्रेसले आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराएर आयोगमा नाम सिफारिस गरेको हो। कांग्रेसले समानुपातिक तर्फ प्रतिनिधि सभामा २० सिट पाएको छ।
सोही सिट संख्याका आधारमा कांग्रेसले समानुपातिक तर्फबाट प्रतिनिधि सभाको सदस्य बनाउन १५ जना महिला र ५ जना पुरुषको सूची निर्वाचन आयोगलाई पेस गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार खसआर्य कोटाबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. काली बहादुर सहकारी ६. अर्जुननरसिंह केसीको नाम सिफारिस भएको छ।
यसैगरी आदिवासी जनजाति कोटाबाट ७. गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. मदन कृष्ण श्रेष्ठ १२. भीष्मराज आङ्देम्बेको नाम पठाइएको छ भने मधेसी तर्फबाट १३.निनुकुमारी कर्ण १४.रेखाकुमारी यादव १५.चन्द्रमोहन यादवको नाम सिफारिस गरिएको छ।
यस्तै दलित कोटाबाट १६.हरिनादेवी कामी १७. पवित्रा विक १८. मन माया विकको नाम पठाइएको छ भने थारू कोटाबाट १९. प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट २०.शाहजान खातुनको नाम आयोग समक्ष सिफारिस भएको छ।



