काठमाडौँ। सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
अर्याल बहालवाला गृहमन्त्री हुन्। उनकै नेतृत्वमा गृह प्रशासनले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो।



