बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

कांग्रेसले टुंगो लगायो समानुपातिकको नाम, निर्वाचन आयोगमा बुझाइयो

कांग्रेसले टुंगो लगायो समानुपातिकको नाम, निर्वाचन आयोगमा बुझाइयो

images
२०८२ चैत्र १ गते, आइतवार
२०८२ चैत्र १ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

    images

    पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसेको बैठकले यसअघि तोकिए बमोजिमका नामहरू बुझाउने निर्णय गरेको थियो। बैैठकको निर्णय अनुसार नै नाम्म बुुुझाइएको कांग्रेस प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए।

    images

    उनले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाएको बताए।

    कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ। आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको चालिसेले बताए। उनले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम सो अनुसार सिफारिस गरिएको जानकारी दिए।

    अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन्। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। जसमा एक जनामात्र महिला उम्मेदवार विजेता बनेकी छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend