बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

रास्वपाले टुंगायो समानुपातिकतर्फका ५७ जनाको नाम, आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक गर्ने

रास्वपाले टुंगायो समानुपातिकतर्फका ५७ जनाको नाम, आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक गर्ने

images
२०८२ चैत्र १ गते, आइतवार
२०८२ चैत्र १ गते, आइतवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा आफ्नो दलको तर्फबाट समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ।

    images

    आज बसेको रास्वपाको सचिवालय बैठकले समानुपातिक तर्फबाट ४८ जना महिला र ९ जना पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए।

    images

    प्रवक्ता झाका अनुसार खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको हो।

    झाले ती क्लस्टरबाट कोको परे भन्ने खुलाएनन्। निर्वाचन आयोगमा नाम पठाइएको नाम आयोगले स्वीकृत गरेपछि मात्र नाम सार्वजनिक गर्ने रास्वपाको तयारी छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend