भक्तपुर। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो। मोहनप्रसाद केही समययता अस्वस्थ थिए।
उनको पार्थिव शरीरलाई अस्पतालबाट ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ।
परिवारका अनुसार उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।



