बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपालमा खाना पकाउने ग्यासको संकट, अब आधा सिलिन्डर मात्र पाइने

नेपालमा खाना पकाउने ग्यासको संकट, अब आधा सिलिन्डर मात्र पाइने

images
२०८२ फाल्गुण २८ गते, बिहिवार
२०८२ फाल्गुण २८ गते, बिहिवार
  • काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको माग उच्च भएपछि अबदेखि आधा सिलिन्डर मात्रै विक्री वितरण गर्ने भएको छ।

    images

    निगमको बिहीबारको सञ्चालक समिति बैठकले शुक्रबारबाट आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो। विगत दुई तीन महिना यता खाना पकाउने ग्यासको माग उच्च हुँदै आएको छ।

    images

    निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार, वजारमा यथेष्ट मात्रामा ग्यास पठाउँदा पनि अभाव नहटेपछि निगमले आधा सिलिन्डर मात्र बिक्री बितरण गर्ने निर्णय गरेको हो।

    उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको भट्टको भनाइ छ।

    पछिल्लो समय बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढेको ठहरगर्दै  त्यस्तो निर्णय गरिएको निगमका प्रबक्ता मनोज ठाकुरले जानकारी दिए। निगमले इन्डियन आयल निगम (आईओसी)सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।

    तर पछिल्लो समय भारतमै अभाव हुन थालेपछि मागअनुसारको ग्यास आउन छाडेको बताइएको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। पछिल्लो समय  दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।

    निगमले यसअघि पनि  अभाव बढेका वेला आधा सिलिन्डर ग्यास वितरण गरेको थियो। आधा सिलिन्डर ७.५ किलोग्राम ग्यासको मुल्य ९५५ रुपैयाँ पर्ने छ। आम उपभोक्ता वर्गलाई सोहीअनुसार ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend