मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आज अकस्मात भारी वर्षा, कहाँ कति पर्यो पानी?

आज अकस्मात भारी वर्षा, कहाँ कति पर्यो पानी?

images
२०८२ फाल्गुण २८ गते, बिहिवार
२०८२ फाल्गुण २८ गते, बिहिवार
  • काठमाडौँ। आज दिउँसो अकस्मात मौसम बदली हुँदा चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ।

    images

    जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ।

    images

    यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा भएको विभागले जनाएको छ।

    यसैगरी उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ। चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ।

    अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ। विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ।

    यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।

    केही दिनदेखि देशभरको मौसममा गडबडी देखिंदै आएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend