काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार बुधबार बिहान ६ः३० बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख ४८ हजार ३१८ मतसहित तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ८ लाखभन्दा बढी मत ल्याउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्रमशः ३ लाख ७८ हजार र ३ लाख २९ हजारभन्दा बढी मत पाएका छन्।
जनता समाजवादी पार्टी, नेपालले १ लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ र जनमत पार्टीले ७८ हजार ९४९ मत प्राप्त गर्न सफल भएका छन्। अझै मतगणना जारी रहेको आयोगले जनाएको छ।



