काठमाडौं। केही दिनयता धुम्म रहेकाे काठमाडौं उपत्यकामा यतिखेर वायु प्रदूषण पनि बढेकाे छ।
वातावरण विभागका अनुसार मंगलबार बिहान काठमाडौंकाे वायु प्रदूषण तहकाे सूचक एक्युआई २०० पुगेकाे छ। याे अवस्था अस्वस्थकर हाे।
यता माैसमविदले भने अबका तीन दिन काठमाडौंको माैसम नखुल्ने बताएका छन्। जल तथा माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद तथा प्रवक्ता बिभूति पाेख्रेलले आगामी तीन दिन माैसम धुम्म नै रहने जानकारी दिईन्।
`अबकाे तीन दिन साधारणतया बदली हुने र बादल लाग्ने देखिन्छ, क्रमिक रुपमा सुधार भएपनि पूर्ण रुपमा सफा हुने देखिँदैन अबका तीन दिन´ उनले भनिन्।
उनले सातै प्रदेशका हिमाली तथा पहाडी भेगमा हल्का बर्षाकाे सम्भावना रहेकाे पनि बताइन्। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका केही भेगमा पनि बर्षाकाे सम्भावना रहेकाे छ।
क्रमिक रुपमा माैसम केही सुधार भने हुँदै जाने उनले जानकारी दिईन्।



