बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

उपत्यकाको वायु अस्वस्थकर, एक्युआई २०० पुग्याे

उपत्यकाको वायु अस्वस्थकर, एक्युआई २०० पुग्याे

images
२०८२ फाल्गुण २६ गते, मंगलवार
२०८२ फाल्गुण २६ गते, मंगलवार
  • काठमाडौं। केही दिनयता धुम्म रहेकाे काठमाडौं उपत्यकाकाे वायु 'अस्वस्थकर' बनेकाे छ।

    images

    वायुकाे गुणस्तर सूचक एयर क्वालिटी इन्डेक्स( एक्युआई) २०० पुगेसँगै यहाँकाे वायु सबैका लागि अस्वस्थकर बनेकाे वातावरण विभागले जनाएको छ।

    images

    विभागका अनुसार मंगलबार बिहान ९:३० बजे भक्तपुर सबैभन्दा बढी प्रदूषित छ। भक्तपुरकाे एक्युआई २००, ललितपुर भैँसेपाटीकाे १८१, काठमाडौं शंखपार्क काे १७५ र रत्नपार्ककाे १६८ पुगेकाे छ।

    उपत्यका बाहिर सुर्खेत सबैभन्दा प्रदूषित छ। त्यहाँको एक्युआई १८३ पुगेकाे विभागकाे रेकर्ड छ। एक्युआई २०० भन्दा कम रहँदा संवेदनशील वर्गलाई मात्रै जाेखिम हुनेमा २०० भन्दा बढी भए सबैका लागि अस्वस्थकर हुने अन्तर्राष्ट्रिय मापदण्ड छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend