मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

समानुपातिक तर्फ १ करोड बढी मत गणना, अहिलेसम्म कसले कति पाए?

समानुपातिक तर्फ १ करोड बढी मत गणना, अहिलेसम्म कसले कति पाए?

images
२०८२ फाल्गुण २६ गते, मंगलवार
२०८२ फाल्गुण २६ गते, मंगलवार
  • काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अझै जारी छ।

    images

    मंगलबार बिहानसम्म समानुपातिक तर्फको १ करोड ३ लाख मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको छ।

    images

    मत गणनाको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गरेको छ।

    त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९१ हजार ६९८ मतका साथ तेस्रो स्थानमा छ। 

    नेपाली कम्युनिस्ट पार्टीले अहिलेसम्म ७ लाख ५४ हजार ४७३ मत पाएको छ भने, ३ लाख ४८ हजार १७८ मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार ९९ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा छन्। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend