बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

समानुपातिकमा कसले कति मत पाए?

समानुपातिकमा कसले कति मत पाए?

images
२०८२ फाल्गुण २५ गते, सोमवार
२०८२ फाल्गुण २५ गते, सोमवार
  • काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना जारी रहँदा हालसम्म करिब ७६ लाख मत गणना सकिएको छ।

    images

    निर्वाचन आयोगका अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना सम्पन्न भइसकेको छ।

    images

    पछिल्लो तथ्यांकअनुसार समानुपातिक तर्फ सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थान कायम राखेको छ । यो कूल सदरमतको ४८.४६ प्रतिशत हो।

    यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ४० हजार १८१ मत पाएको छ। यो कुल सदर मतको १६.१३ प्रतिशत मत हो।

    तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो। यस्तै चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ३९ हजार ५२९ मत पाएको छ। जुन कुल मतको ७.११ प्रतिशत हो।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत पाएको छ। यो कूल सदर मतको ३.४१ प्रतिशत हो भनेबश्रम संस्कृति पार्टीले पनि ३.१८ प्रतिशत मत पाएको छ। यो पार्टीको २ लाख ४१ हजार १६५ मत आइसकेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend