काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको सबै परिणाम आगामी तीन दिन भित्र सार्वजनिक गरिसक्ने जनाएको छ।
आयोगका अनुसार आइतबार साँझ सम्म समानुपातिक तर्फको ४० लाख मत गणना भएको छ। बाँकी सबै मत तीन दिन भित्र गणना गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
यसै गरी प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको आयोगले जनाएको छ।
बाँकी १० निर्वाचन क्षेत्रको परिणाम सोमबार सम्म सार्वजनिक गरिसक्ने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।



