मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गगनलाई अमरेशको खुला पत्र, के भने?

गगनलाई अमरेशको खुला पत्र, के भने?

images
२०८२ फाल्गुण २४ गते, आइतवार
२०८२ फाल्गुण २४ गते, आइतवार
  • काठमाडौँ। आफुसँग पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता एवं प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले खुला पत्र लेखेका छन्।

    images

    सिंहले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई खुला पत्र लेखेका हुन्। 

    images

    खुलापत्रमा सिंहले थापालाई भ्रष्टहरूद्वारा आयातित उम्मेदवार भएको आरोप लगाएका छन्।

    उनले लेखेका छन्,‘प्रिय मित्र Gagan Thapa जि,सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लडनु भो। तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरु द्वारा आयातित उम्मेदवार हुनुभयो। त्यतिमात्र हैन ती भ्रष्टहरु लाई नै म विरुद्ध मेरो निजि र परिवारिक जिवनमाथी आफुखुसी टिप्पणी गर्न लगाउनुभयो खैर त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धांत र एजेन्डामा हुनुपर्छ भन्ने मेरो बिश्वास छ। अब चुनावको यो तिता कुरा छोडौ। अब देश निर्माणमा रास्व्पा अगाडी बढिसक्यो। आउनेदिन मा तपाईं सङ पनि विभिन्न मुद्दा मा सहकार्य हुन सक्ला। अब भ्रष्टहरु लाई ठेगान लगाउने जनमत रास्व्पाले पाएको छ। तपाईपनि ती भ्रष्टहरु को साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पुर्ण आशा गरेको छु। तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नु भयो तर आफू परिवर्तन हुन सक्नु भएन। तपाईंको अगामी राजनीति सफा र स्वच्छ होस भनी कामना गर्दछु।´

    कांग्रेस सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा सिंहसँग पराजित भएका थिए। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend