काठमाडौं। प्रतिनिधि सभा सदस्य पदमा पाल्पा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी भएका छन्। उनले १८ हजार ३३६ मत पाएका छन्।
राना निकटतम प्रतिद्वन्दी एमालेका उमेदवार नारायण आचार्यले १६ हजार ८१९ मत पाए। यस्तै रास्वपाका विमल पन्तले १४ हजार ३३३ मतसहित तेस्रो भएका छन्।



