काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग विजयी भएका रास्वपा नेता बालेन्द्र शाह(बालेन) लाई बधाई दिएका छन्।
फेसबुक स्टासमार्फत् ओलिले बालेनलाई पाँचबर्षे सफल कार्यकालकाे शुभकामना दिएका हुन्आ
फ्नै क्षेत्रमा करिब ५० हजार मतान्तरले पराजित भएपछि ओलिले लेखेका छन् : `बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई!", "तपाईंको पॉचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना!"
झापा क्षेत्र नम्बर ५ बाट बालेन ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन्। ओलीले भने सो क्षेत्र १८ हजार ७३४ मत पाएका छन्।




