बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

images
२०८२ फाल्गुण २३ गते, शनिवार
२०८२ फाल्गुण २३ गते, शनिवार
  • काठमाडौं। प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।

    images

    सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए ।

    images

    उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे ।

    प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन् ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend