काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा दुई पपुलर उम्मेदवारबीच मतान्तर फराकिलाे हुँदै गएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे उज्यालो नेपाल पार्टीका कुलमान घिसिङभन्दा चार हजार बढी मतले अगाडि छन्।
पाण्डेले ११ हजार १३८ मत प्राप्त गर्दा घिसिङले ६ हजार ६९९ मत ल्याएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।
यस्तै नेपाली कंग्रेसका प्रतिस्पर्धी रमेश अर्यालले साे क्षेत्रमा ३ हजार ८९८ मत प्राप्त गरेका छन्।



