काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा मतदान गरेका छन्।
कांग्रेसका सभापति थापाले काठमाडौँ क्षेत्र नम्बर ४ स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रमा आज बिहान ७:३० बजे मतदान गरेका हुन्।
थापा आफैँ भने सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्। उनले आफैँले आफैँलाई भने मतदान गर्न पाउने छैनन्।



