काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोगले मंगलबार शाहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। शाह धनुषा १ बाट प्रत्यक्ष उम्मेदवार थिए।
उनीमाथि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप थियो। आयोगले शाहमाथिको आरोप पुष्टि भएपछि उनको उम्मेदवारी खारेज भएको हो।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।



