बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

भारतसँगको नाका सिल, मतदाता आउन पाउने

भारतसँगको नाका सिल, मतदाता आउन पाउने

images
२०८२ फाल्गुण १९ गते, मंगलवार
२०८२ फाल्गुण १९ गते, मंगलवार
  • वीरगन्ज। निर्वाचनका लागि भारतसँग जोडिएका सबै सिमा नाका सिल गरिएको छ।

    images

    वीरगन्ज–रक्सौलसहित देशका सम्पूर्ण सीमा नाका सोमबार राति १२ बजेपछि पूर्णरूपमा सिल गरिएको छ। नाका सिल गरिए पनि नेपाली मतदाताले नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी देखाएर मतदानका लागि आउन पाउने भएका छन्।

    images

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मतदानबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले भारतीय सुरक्षा बल (एसएसबी) सँग समन्वय गरिएको जानकारी दिए।

    नेपाली नागरिकको परिचय खुल्ने प्रमाण देखाएपछि मतदाता सहज रूपमा नेपाल भित्रिन पाउने गरी व्यवस्था मिलाइएको उनले बताए।

    प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार निर्वाचनको भोलिपल्टै फागु पूर्णिमा (होली) परेकाले मतदानलाई भयरहित, सरल र सहज बनाउनुका साथै पर्वको उत्साहमा कुनै असर नपर्ने गरी सुरक्षा व्यवस्था मजबुत पारिएको छ।

    तराईका जिल्लामा उत्साहका साथ मनाइने फागु पर्व र निर्वाचन दुवैलाई दृष्टिगत गरी विशेष सुरक्षा योजना लागु गरिएको प्रशासनले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend