मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

images
२०८२ फाल्गुण १८ गते, सोमवार
२०८२ फाल्गुण १८ गते, सोमवार
  • काठमाडौँ। नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ।

    images

    सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न ५ हजार ८५३ जना कांग्रेसमा प्रवेश गरेको जानकारी दिएका हुन्। घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरू घर फर्किसकेको उनले बताए।

    images

    कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको प्रवक्ता चालिसेले बताए। राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी जसपा, राप्रपा, लगायतका केन्द्रीय तहका नेताहरूको पार्टी प्रवेशले उत्साहित बनाएको उनले बताए।

    कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै रहेको प्रवक्ता चालिले बताए। बिपी कांग्रेस र बहुजन एकता पार्टी कांग्रेसमा विलय भएका छन्।

    उनले भने, ‘पार्टीमा प्रवेश गर्ने नेतृत्वको सङ्ख्या करिब ५ हजार ८५३ रहेको र समर्थकहरूको सङ्ख्या हजारौँ रहेको छ। निष्क्रिय भएका साथीहरू पुनःसंगठित भई सक्रिय हुने काम जारी छ।’

    उनले पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले नेपाली कांग्रेस बहुमतको दिशातर्फ अगाडि बढेकाे दाबी गरे। बदलियाे कांग्रेस, बदल्छौँ देश, भन्ने नारा व्यवहारिक रूपमा सफल भएको उनको भनाई छ।

    ‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजादैंछ,’ उनले भने।

    प्रवक्ता चालिसेले जनताले आशा गरेको स्थिर र जबाफदेही सरकार अब कांग्रेसको नेतृत्वमा बन्ने दाबी गरे। निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा कांग्रेसले अध्ययन गरिरहेको उनले बताए।

    कांग्रेस नेतृत्वको सरकारले २०८३ को नयाँ वर्षको पहिलो दिन देशवासीका नाममा सम्बोधन गर्ने र पाँच वर्षको कार्ययोजना सार्वजनिक गर्ने सुनाएको छ। हरेक महिना रिपोर्टकार्ड जनतामाझ सार्वजनिक गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend