बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

मतदानपछि मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता गर्न राष्ट्रिय सम्वादका लागि कांग्रेसको आग्रह

मतदानपछि मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता गर्न राष्ट्रिय सम्वादका लागि कांग्रेसको आग्रह

images
२०८२ फाल्गुण १८ गते, सोमवार
२०८२ फाल्गुण १८ गते, सोमवार
  • काठमाडौँ । नेपाली कांग्रेसले अहिलेको प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन गर्न र संसद भर्नका लागि मात्र नभएको भन्दै राजनीतिक निकासका लागि मतदान सम्पन्न भएपछि राष्ट्रिय सम्वादमा बस्न सबैलाई आग्रह गरेको छ । 

    images

    कांग्रेसले सोमबार पार्टी कार्यालय बीपीनगर, सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विश्वप्रकाश शर्माले मतदान सकिएपछि मतपेटिका खोल्नुअघि नै राष्ट्रिय समाधानका लागि राष्ट्रिय सम्वाद आयोजना गर्नका लागि सरकारसँग आग्रह गर्दैै दलहरूलाई त्यसमा सहमति गर्न आग्रह गरेका हुन् । 

    images

    उनले निर्वाचनपछि जस्तोसुकै परिणाम आउन सक्ने भन्दै त्यो परिणाम भोग्ने दललाई प्रतिबद्धताभित्र बाँध्नका लागि साझा प्रतिबद्धता गर्न पनि यो राष्ट्रिय सम्वाद अहम् हुने बताए । 

    उपसभापति शर्माले जेन–जी आन्दोलनपछि सुधार गर्नुपर्ने जरुरी भएकामा कांग्रेसले आफ्नै पार्टी सुधारिएर आएको भन्दै कांग्रेस बदलिएर निर्वाचनमा होमिएकाले देशमा पनि विकासका आमूल परिवर्तन गर्नुपर्ने जिम्मा कांग्रेसको भएको बताए ।
     
    उनले सातै प्रदेशमा भएको चुनावी सभाले कांग्रेसमा थप ऊर्जा जागेकोसमेत बताए । उनले बदलिएको कांग्रेसमा उम्मेदवारी दर्तापछि हजारौँको संख्यामा विभिन्न दल त्यागेर नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्नु यसको उदाहरण रहेकोसमेत उपसभापति शर्माले बताए । 

    उनले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबीसमेत गरे । 

    पत्रकार सम्मेलनका क्रममा उपसभापति शर्माले सात बुँदामा आग्रहसमेत गरेका छन् । 

    ती सात बुँदामा केके छन्?

    १, चुनावमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै दललाई भूमिका खेल्न आग्रह ।

    २, व्यवस्थित रूपले निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारलाई सम्पूर्ण निष्पक्षताका लागि आग्रह ।

    ३, मतदातालाई मत दिँदै गर्दा आवेग वा झ्वाँकमा हैन संयमित भएर निर्वाचनको मौन अवधिमा मन्थन गरेर मत दिन आग्रह ।

    ४, सञ्चारमाध्यमलाई कांग्रेसका देशभरका कार्यक्रम समेटेकामा धन्यवाद दिँदै मौन अवधिमा कुनै पनि मतदातालाई भ्रम नगर्ने गरी सहज ढंगले सूचना दिन आग्रह । मिडियाले पनि आचार संहिता पालना गर्नुपर्छ । मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि सूचना प्रचार नगर्न आग्रह ।

    ५, सामाजिक सञ्जालबाट सही सूचना सम्प्रेषण गर्न आग्रह । कांग्रेसले निर्वाचन परिचालनका लागि ३४ बुँदै आग्रह गरेको थियो । हाम्रा साथीलाई पनि संयमित हुन आग्रह गर्दछौँ साथै अन्य दलका साथीहरु पनि गम्भीर बनुन् । कुनै उत्तेजना नफैलाउन आग्रह ।

    ६, कांग्रेस अनेक अप्ठेराबीच विशेष महाधिवेशनबाट यहाँ आइपुगेको । निर्वाचनमा खटिएका नेता कार्यकर्तालाई सम्मान गर्न चाहन्छौँ । कुनै निर्वाचन क्षेत्रबाट को उम्मेदवार छ भन्ने दोस्रो कुरा भएको र अहिलेको परिस्थितिमा कांग्रेसले जित्नैपर्ने कुरालाई ध्यान दिन आग्रह । देशभरका नेता कार्यकर्तालाई थप एकता र ऊर्जासाथ लाग्न आग्रह । फागुन २१ गतेको दिन मतदान केन्द्रमा संयम र एकतापूर्वक बुथमा सहजीकरण गर्न आग्रह ।

    ७, निर्वाचनपूर्वका काम र निर्वाचन पछाडिका काम गर्दा पार्टीहरुबीच तालमेल गर्ने प्रयास कांग्रेसको थियो । प्रधानमन्त्रीका उम्मेदवारहरुलाई एक ठाउँमा राख्ने पहल सम्भव हुन सकेन । चुनाव सकिएको भोलिपल्ट मतगणना शुरू नगरेर २२ गते राष्ट्रिय सम्वादका लागि कांग्रेस तयार छ । आलोपालो प्रणाली भत्काएर पाँच वर्ष टिक्ने बनाउन, जेन–जीले उठाएका माग सम्बोधन गर्नका लागि त्यो सम्वाद गर्न सकिन्छ । दलहरूसँग अझै आशा छ । नयाँ सरकार र संसदमात्र आकांक्षा हैन यो निर्वाचनबाट देशको निकास पनि हो ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend