बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना कांग्रेसमा प्रवेश गर्दै

जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना कांग्रेसमा प्रवेश गर्दै

images
२०८२ फाल्गुण १८ गते, सोमवार
२०८२ फाल्गुण १८ गते, सोमवार
  • काठमाडौँ । जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका  छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् । 

    images

    मिराज त्यस्ता जेन–जी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो । 

    images

    माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो । 

    उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेन–जीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । 

    त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेन–जी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् ्। 

    उनको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend