मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण

८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण

images
२०८२ फाल्गुण १६ गते, शनिवार
२०८२ फाल्गुण १६ गते, शनिवार
  • काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ।

    images

    राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए 

    images

    आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ।

    दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ।

    देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ। सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएको आयोगले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend