बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

आज कहाँकहाँ जाँदै छन् कांग्रेस सभापति गगन र उपसभापति विश्वप्रकाश?

आज कहाँकहाँ जाँदै छन् कांग्रेस सभापति गगन र उपसभापति विश्वप्रकाश?

images
२०८२ फाल्गुण १६ गते, शनिवार
२०८२ फाल्गुण १६ गते, शनिवार
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज शनिबार मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । 

    images

    उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । 

    images

    सो क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ । 

    त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । 

    गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए । 

    सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए । 

    बुटवलको सभामा उपसभापति पुष्पा भुषाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए । 

    शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् ।  

    उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम रहेको छ । शुक्रबार पोखरामा बसेका उपसभापति शर्मा शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि डोल्पा जानेछन् । 

    डोल्पाबाट अछाममा दुई ओटा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभापतिको सचिवलायले जनाएको छ । 

    आजै साँझ उपसभापति शर्मा काठमाडौँ फर्कने छन् । सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेव, दिउँसो १ बजे डोल्पाको जुफाल, २ बजे अछामको साँफेबगर, ३ः१५ बजे अछामको कमलबजार जानेछन् भने अपरान्ह ४ः२० बजे कमलबजारबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend