मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मतदान केन्द्रमा नै प्राथमिक स्वास्थ्य सेवा : अस्पतालमा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आग्रह

मतदान केन्द्रमा नै प्राथमिक स्वास्थ्य सेवा : अस्पतालमा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आग्रह

images
२०८२ फाल्गुण १५ गते, शुक्रवार
२०८२ फाल्गुण १५ गते, शुक्रवार
  • काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्रमा नै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरि तयारी गरेको छ।

    images

    आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशभरका १० हजार ५६७ मतदान स्थल र २३ हजार ५१५ मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको जनाएको हो।

    images

    निर्वाचनका दिनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरूलाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रहरूमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन आयोगले सरकारसँग आग्रह गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

    यसैगरी आवश्यकता अनुसार थप उपचारका लागि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राख्न पनि सरकारसँग आग्रह गरिएको छ।

    त्यसका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार भइसकेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिएका हुन्।

    आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था गरिदिनुहुन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend