बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको राजीनामा

काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको राजीनामा

images
२०८२ फाल्गुण १५ गते, शुक्रवार
२०८२ फाल्गुण १५ गते, शुक्रवार
  • काठमाडौं। प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिए पछि काठमाडौैं ५ को रास्वपामा पहिरो गएको छ।

    images

    बेथिति सुधारको साटो उल्टो अनियमतिता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्।

    images

    उनीहरुले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्।

    यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।

    राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरु समिप घले र कवि थापा मगर छन्।

    यसैगरी, वडा पदाधिकारीहरु बुनपा ७ की प्रतिभ सेढाइं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरु बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन्।

    उनीहरु रास्वपाका पूर्व उम्मेदवार प्रणय राणा निकट मानिन्छन्। राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए। यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ।

    राजीनामा पत्र :

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend