बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

१६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिंदै

१६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिंदै

images
२०८२ फाल्गुण १५ गते, शुक्रवार
२०८२ फाल्गुण १५ गते, शुक्रवार
  • काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।

    images

    निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा सो सङ्ख्यामा कर्मचारी खटाउने भएको हो।

    images

    निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र पाँच सय भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको जानकारी दिए।

    मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको उनी बताउँछन्।

    निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend