मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

माघमा ४५ सय बढी अपराधका मुद्दा दर्ता, प्रदेशमा सबैभन्दा धेरै काेसीमा

माघमा ४५ सय बढी अपराधका मुद्दा दर्ता, प्रदेशमा सबैभन्दा धेरै काेसीमा

images
२०८२ फाल्गुण १४ गते, बिहिवार
२०८२ फाल्गुण १४ गते, बिहिवार
  • काठमाडौं। माघ महिनाभर प्रहरीमा ४ हजार पाँच सय बढी अपराधका मुद्दा दर्ता भएका छन्।

    images

    नेपाल प्रहरीको तथ्यांक अनुसार माघ महिना विभिन्न ८ शीर्षकमा चार हजार ५६१ मुद्दा दर्ता भएका छन्। जसमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना छन्।

    images

    प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार १७ वटा बैंकिङ कसुरका घटना छन्। यसैगरी सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा तथा नैतिकता विरुद्ध ५६३, आत्महत्याका ४९४, लागू औषधका ४३६ र अन्य भवितव्य ज्यान, चाेरी, ठगी लगायतका घटना छन्।

    तथ्यांकअनुसार सबैभन्दा धेरै संख्यामा १ हजार ३३७ मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्। प्रदेशगत रुपमा  सबैभन्दा धेरै काेसी प्रदेशमा ७७५ वटा मुद्दा दर्ता भएका छन्।

    यसैगरी सबैभन्दा कम उजुरी कर्णाली प्रदेशमा १५९ वटा परेकाे प्रहरीको तथ्यांक छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend