काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन बिदा हुने भएको छ।
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने मन्त्रीपरिषदले निर्णय गरेकाे हाे।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार सरकारले बिदाको निर्णय लिएको हो।
फागुन २१ गते हुने निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।
प्रतिनिधि सभा निर्वाचनमा तीन हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा छन्।
यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेको आयोगले जनाएको छ।




