मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नवलपरासीका रास्वपा सभापति कांग्रेस प्रवेश

नवलपरासीका रास्वपा सभापति कांग्रेस प्रवेश

images
२०८२ फाल्गुण १४ गते, बिहिवार
२०८२ फाल्गुण १४ गते, बिहिवार
  • नवलपरासी। नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    images

    प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन्। 

    images

    कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन्। उनले ठकुरीलाई खादामालाले स्वागत गरे।

    नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन्।

    कांग्रेस प्रवेश गरेपछि ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend