काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले देशका अन्य पाँच स्थानमा चुनावी सभा गर्ने तयारी गरेको छ।
कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो। कांग्रेसल देशका विभिन्न प्रमुख शहरमा पनि सभा गर्ने तयारी गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले काठमाडौं, सुर्खेत, बाँके, रूपन्देही, र पोखरामा चुनावी सभा गर्न लागेको हो।
कांग्रेसले फागुन १४ गते एकैदिन सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने तयारी गरेको छ। ती सभामा सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा सहितका नेता सहभागी हुन जाने गरि तयारी भइरहेको छ।
यसैगरी पोखराको सभा फागुन १५ गते गर्ने कांग्रेसको तयारी छ। यस्तै फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ।
कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ। तर मिति भने तय भइसकेको छैन।



