मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ छैन : प्रधानमन्त्री

सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ छैन : प्रधानमन्त्री

images
२०८२ फाल्गुण १२ गते, मंगलवार
२०८२ फाल्गुण १२ गते, मंगलवार
  • काठमाडौं। प्रधानमन्त्री शुशिला कार्कीले मुलुकका सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन्।

    images

    प्रधानमन्त्री कार्कीले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचन तयारी र समग्र सुरक्षा अवस्थाबारे विस्तृत छलफल तथा समीक्षा गरेकी हुन्।

    images

    सो छलफलपछि उनले निर्वाचन सुरक्षा ब्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ नभएको बताइन्।

    `सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ छैन। सम्भावित चुनौती र जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता, कडा निगरानी तथा प्रभावकारी समन्वयका साथ सबै संयन्त्र परिचालित छन्।´ प्रधानमन्त्री कार्कीले बैठकपछि सामाजिक संजाल फेसवुकमा जानकारी दिंदै लेखेकी छन्।

    उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने पनि उल्लेख गरेकी छन्। 

    `सम्पूर्ण नागरिकमा ढुक्क र निर्भयसाथ आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु।´ प्रधानमन्त्री कार्कीले भनेकी छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend