बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश, तर आज नछुट्ने

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश, तर आज नछुट्ने

images
२०८२ फाल्गुण १२ गते, मंगलवार
२०८२ फाल्गुण १२ गते, मंगलवार
  • काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ।

    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार प्रसाईंलाई छाड्न आदेश दिएको हो।

    images

    सर्वोच्च अदालतका सुचना अधिकारी निराजन पाण्डेले सर्वोच्च अदालतले प्रसाईंलाई छाड्न आदेश दिएको बताए।

    प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरस्थित उनको निवासबाट प्रहरीले प्रकाउ गरेको थियो। 

    सर्वोच्च अदालतले आदेश दिए पनि प्रक्रिया पुर्याउन ढिला भएका कारण आज प्रसाईं छुट्ने छैनन्। प्रहरीले उनलिइ भोलि छाड्ने बताइएको छ।

    उनी यसअघि माघ २३ मा पनि पक्राउ परेका थिए। त्यसबेला उनी हाजिर जमानीमा छुटेका थिए। निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो।

    त्यसअघि पनि उनी माघ ५ गते पोखराबाट पक्राउ परेका थिए भने प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

    प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आइरहेको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend