बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा

images
२०८२ फाल्गुण १२ गते, मंगलवार
२०८२ फाल्गुण १२ गते, मंगलवार
  • काठमाडौं। सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

    images

    निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो।

    निर्वाचन आयोगको तयारी, सुरक्षा निकायको परिचालन, मतपेटिका ढुवानी तथा मतदाताको सहज सहभागितालाई ध्यानमा राख्दै तीन दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ।

    फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend