बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचनको मत परिणाम २४ घण्टा भित्रै

प्रतिनिधि सभा निर्वाचनको मत परिणाम २४ घण्टा भित्रै

images
२०८२ फाल्गुण १२ गते, मंगलवार
२०८२ फाल्गुण १२ गते, मंगलवार
  • काठमाडाैँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टा भित्र सार्वजनिक गर्ने गरेर तयारी अघि बढाएको छ।

    images

    आयोगले मतदन सम्पन्न भएर मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मर परिणाम सार्वजनिक गर्ने तयारी गरेको हो।

    images

    आयोगले मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलनको कार्य अघि बढाइने पनि बताएको छ। त्यसलगत्तै गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

    भण्डारीले समानुपातिक निर्वाचन प्रणाली तर्फको परिणाम सार्वजनिक गर्न भने एक दुई दिन समय लाग्न सक्ने बताए।

    `यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन समय लाग्दैन। समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको छ।´आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने।

    भण्डारीले उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएकोसमेत बताए। काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलवार साँझ सम्म मतपत्र पुर्याइने उनको भनाइ छ।

    आयोगले आजै साँझ सम्म मतदान अधिकृतहरुको तालिम सम्पन्न हुने र त्यसपछि आवश्यक सामान उपलब्ध गरएर सम्बन्धित मतदान केन्द्रहरुमा खटाइने जनाएको छ।

    आयोगका अनुसार मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको छ। 

    हिमााली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोगले अहिलेसम्म कुनै निर्णय लिएको छैन।भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकुलताको अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्नेगरी तयारी अवस्थामा छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend