बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

धादिङ बस दुर्घटनाप्रति कांग्रेसबाट दुःख  व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन आग्रह

धादिङ बस दुर्घटनाप्रति कांग्रेसबाट दुःख  व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन आग्रह

images
२०८२ फाल्गुण ११ गते, सोमवार
२०८२ फाल्गुण ११ गते, सोमवार
  • काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। 

    images

    आज बिहान करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २६ जना घाइते भएको दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका हुन्।

    images

    सभापति थापाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्मा शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन्।

    उनले घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रहसमेत गरेका छन्।

    कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकृष्टसमेत गरेको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend