बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं आउदै गरेको रात्री बस दुर्घटना : १७ जनाको मृत्यु , २४ घाइते

काठमाडौं आउदै गरेको रात्री बस दुर्घटना : १७ जनाको मृत्यु , २४ घाइते

images
२०८२ फाल्गुण ११ गते, सोमवार
२०८२ फाल्गुण ११ गते, सोमवार
  • काठमाडौं। पोखराबाट काठमाडौंतर्फ आउदै गरेको रात्री बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइतेको उद्धार गरिएको छ।

    images

    सशस्त्र प्रहरीका अनुसार गए राती करिब १:३० बजे धादिङको बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा अन्तर्गत त्रिशुली नदीमा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस खसेको थियो।

    images

    पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको सो बस दुर्घटना भएको खबर लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको थियो।

    यसैगरी दुर्घटना लगत्तै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए।

    घाइते हुनेहरूको अझै उद्धार जारी छ भने मृतकहरुको पहिचान गर्ने काम भइरहेको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend