काठमाडौं। नेपालको नम्बर १ अडियो तथा वेयरेबल ब्रान्ड अल्टीमा लाइफस्टाइलले रंगहरूको पर्व होलीलाई लक्षित गर्दै `होलीको उमंग, अल्टीमासँग´ नामक विशेष अभियान सुरु गरेको छ।
होली पर्वमा आफ्ना उत्पादनलाई प्रयोगकर्ताका बिचमा झनै व्यापक बनाउने उद्धेश्यसहित अल्टीमाले १० फाल्गुनदेखि १७ फाल्गुनसम्म सञ्चालन गर्ने गरी यो अभियानको घोषणा गरेको हो।
यस अभियानमा स्पिकरहरूमा वर्षकै सबैभन्दा ठूलो मूल्य कटौती, आकर्षक स्पीन द ह्वील अफर, तथा नयाँ `कलर योर कार्ट´ सुविधा समावेश गरिएको अल्टीमा लाइफस्टाइलले जनाएको छ।
अल्टीमाले यस अभियानमार्फत देशभरका ग्राहकहरूलाई रमाइलो अफर र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ। यस अभियानमार्फत अल्टीमा लाइफस्टाइलले प्रविधि, उत्सव र किफायती मूल्यलाई एउटै रंगीन किनमेल अनुभवमा जोड्ने प्रयास गरेको छ।
होलीको उत्साहलाई झल्काउने गरी ल्याइएका यी अफरहरूमा ठूला छुट, खेल जस्तै रमाइलो किनमेल अनुभव, तथा ग्राहक–मैत्री मूल्य समावेश छन्। यसले प्रिमियम अडियो र वेयरेबल उत्पादनहरू वर्षकै सबैभन्दा राम्रो मूल्यमा उपलब्ध गराउने दाबी अल्टीमाको छ।
अभियानको मुख्य आकर्षणको रूपमा अल्टीमाले आफ्ना सर्वाधिक बिक्री हुने र लोकप्रिय स्पिकरहरूमा वर्षकै सबैभन्दा ठूलो मूल्य कटौती गरेको बताएको हो। होलीको ऊर्जा र उत्साहलाई ध्यानमा राखी यी विशेष मूल्यहरू ल्याइएको अल्टीमा बताउँछ।
स्पीकरको मूल्य कति?
• Marvel Speaker अब मात्र रु. २,७९९ (एमआरपी रु. ४,९९९)
• S20 Speaker अब मात्र रु. ३,८९९ (एमआरपी रु. ७,९९९)
• Thunder Speaker अब मात्र रु. १५,४९९ (एमआरपी रु. ३४,९९९)
यी सीमित अवधिका अफरहरूमा ग्राहकहरूले लगभग आधा मूल्यसम्म बचत गर्न सक्नेछन्। घरायसी जमघट, बाहिरी कार्यक्रम वा दैनिक मनोरञ्जनका लागि यी स्पिकरहरू उत्कृष्ट विकल्प हुने अल्टीमा बताउँछ।
`अल्टीमा वाच नेभिगेटर´ को दमदार पुनरागमन
ग्राहकहरूको अत्यधिक मागपछि अल्टीमाले आफ्नो सबैभन्दा प्रतिक्षित स्मार्टवाच अल्तीमा वाच नेभिगेटरलाई पुनः बजारमा ल्याएको छ।
जसको विशेष मूल्य रु. ५,९९९ (एमआरपी रु. ११,९९९) मा उपलब्ध यो घडी प्रारम्भिक लन्चको समयमा केवल चार मिनेटमै स्टक आउट भएको थियो। यस पुनः स्टकमार्फत ग्राहकहरूले फेरि एकपटक यो लोकप्रिय स्मार्टवाच किन्न सक्ने अवसर पाउनेछन्।
केहो स्पीन द ह्वील?
अल्टीमाले होली पर्वमा आफ्ना उत्पादन खरिद गर्ने ग्राहकलाई किनमेलमा थप रमाइलोपन प्रदान गर्न स्पीन द ह्वील चलाउने छ। होली अभियान अवधिभर ग्राहकहरूले हरेक योग्य खरिदमा स्पीन द ह्वील खेल्न पाउनेछन्।
यसमार्फत खरिदजर्ताले आकर्षक उपहार, सरप्राइज अफर र थप फाइदाहरू जित्ने मौका पाउनेछन। जसले किनमेललाई अझ रोमाञ्चक बनाउनेछ।
`कलर योर कार्ट´ मा कस्ता छन् अफर?
जति धेरै किनमेल, त्यति धेरै छुट पाइने यो अफरमा
यस अभियानको अर्को विशेष सुविधा `कलर योर कार्ट´ हो। यस अन्तर्गत पहिलो उत्पादन अभियानको तोकिएको मूल्यमा बिल गरिनेछ। त्यसपछि थप उत्पादन कार्टमा थप्दा अतिरिक्त छुट पाइनेछ।
यो अफरमा ग्राहकले +१ उत्पादन बराबर ५% अतिरिक्त छुट पाउने छन्। यस्तै +२ उत्पादन बराबर १०% अतिरिक्त छुट पाउने छन्। यसरी ग्राहकहरूले अधिकतम ३५% सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्।
सम्पूर्ण उत्पादनहरूमा ६०% सम्म छुट
स्पिकरहरूका विशेष मूल्य र कार्ट छुट बाहेक, ग्राहकहरूले अल्टीमा लाइफस्टाइलका विभिन्न उत्पादनहरूमा ६०% सम्म छुट पाउनेछन्। स्पिकर, इयरबड्स, स्मार्टवाच र पावर बैंक लगायतका उत्पादनहरूमा आकर्षक मूल्य उपलब्ध हुनेछ।
रंग, संगीत र उत्सवको संगम `होलीको उमंग अल्टीमासँग´ अभियानमार्फत अल्टीमा लाइफस्टाइलले नवप्रवर्तन, किफायती मूल्य र उत्सवलाई एकसाथ जोड्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। यो अभियानले उत्कृष्ट अफर मात्र होइन, रमाइलो र उत्साहपूर्ण किनमेल अनुभव पनि प्रदान गर्नेछ।
कहाँकहाँ पाइन्छ यी अफर?
होली अभियानका अफरहरू १० फाल्गुनदेखि १७ फाल्गुनसम्म ललितपुरको पुलचोक, काठमाडौंको बानेश्वर, पुतलीसडक, बौद्ध, भक्तपुरको कौशलटार, चितवनको नारायनगढ र सुनसरीको धरानस्थित अल्टीमाका आधिकारिक स्टोरहरूमा तथा www.ultima.com.np मा उपलब्ध रहनेछन्। सीमित अवधिका अफर भएकाले ग्राहकहरूलाई चाँडो किनमेल गर्न अनुरोध गरिएको छ।



