काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको हो।
‘आयोगले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ, आवश्यक थप निर्णय सरकारले गर्छ।´ भण्डारीले भने।
आयोगल्र गरेको सिफारिस नै सरकारले स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने छ। फागुन १८ गते पहाडमा र १९ गते तराईमा गरेर दुई दिन होली पर्वको बिदा छ।
य्स्तै २० र २१ गते निर्वाचन तथा २३ र २४ गते क्रमश: शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो।



