बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रास्वपाको पोखरा र भैरहवाको परिवर्तन उद्घोष कार्यक्रम स्थगन

रास्वपाको पोखरा र भैरहवाको परिवर्तन उद्घोष कार्यक्रम स्थगन

images
२०८२ फाल्गुण ८ गते, शुक्रवार
२०८२ फाल्गुण ८ गते, शुक्रवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा र भैरहवामा गर्ने भनिएको परिवर्तन उद्घोष कार्यक्रम स्थगन भएको छ।

    images

    रास्वपाले फागुन ९ गते शनिबार भैरहवामा सभाको आयोजना गर्ने तय गरेको थियो। यस्तै आइतबार पोखराको सभा तय थियो।

    images

    रास्वपा उपसभापति डोल प्रसाद अर्यालले शुक्रबार जारी गरेको विज्ञप्तिमा सङ्गठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको उल्लेख छ।

    'प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही मिति २०८२ फागुन १० गते कास्कीको पोखरामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा सङ्गठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको ब्यहोरा जानकारी गराउँदछु', उपसभापति अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भैरहवामा गर्ने भनिएको कार्यक्रम केन्द्रको निर्देशन अनुसार स्थगित गरिएको जानकारी दिए।

    दुवै कार्यक्रमलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने तयारी थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend