मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसको प्रतिज्ञा पत्र

प्रधानमन्त्री कार्यालयमा तीन महिनाभित्र सुशासन केन्द्र, ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति

प्रधानमन्त्री कार्यालयमा तीन महिनाभित्र सुशासन केन्द्र, ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति

images
२०८२ फाल्गुण ७ गते, बिहिवार
२०८२ फाल्गुण ७ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै ल्याएको प्रतिज्ञा पत्रमा सुशासनलाई प्राथमिकतामा राखेको छ।

    images

    बदलियो कांग्रेस बदल्छौं देशको नारासहित निर्वाचनमा होमिएको कांग्रेसले हिजो बुधबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो।

    images

    कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा प्रधानमन्त्री पद सम्हालेको तीन महिनाभित्र प्रधानमन्त्री कार्यालयमा सुशासन केन्द्र अर्थात गभर्नेन्स ल्याब र प्रत्येक मन्त्रालयमा सुशासन इकाई अर्थात गभर्नेन्स युनिट गठन गर्ने प्रतिज्ञा गरेको हो।

    प्रतिज्ञा पत्रमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिने अवरोधहरुलाई फास्टट्र्याकमा हटाउन र मन्त्रालय धाउने समयमा काम हुने सुनिश्चित गर्न यो ब्यवस्था गराउने प्रतिज्ञा कांग्रेसले गरेको हो।

    सो पत्रमा सम्पुर्ण सार्वजनिक सेवा प्रदायक निकायलाई सुशासन सूचकांक प्रणालीमा आबद्ध गरी र सेवाग्राहीहरुले कार्यालयहरुको मुल्यांकन (रेटिन्फ) गर्ने प्रणालीको विकास गर्ने उल्लेख छ।

    यसैगरी सरकारी कार्यालयहरुमा टाइमकार्ड राख्ने प्रतिबद्धता पनि कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा हटाएको छ। कांग्रेसले कार्यालय केन्द्रित होइन नागरिक केन्द्रित सेवा सुरु गर्ने वाचा पनि प्रतिज्ञा पत्रमा राखेको छ।

    नागरिकलाई पटकपटक झ्याल ढोका धाउनु पर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले एकीकृत सेता र घर आगनको सेवा सुरु गर्ने पनि उल्लेख गरेको छ। सेवामा ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्तिको ब्यवस्था गरिने पनि पत्रमा उल्लेख छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend