काठमाडौं । औसधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित एक औसधि बिक्रि वितरणमा रोक लगाएको छ।
सो कम्पनीको `ईन्क्लेभ ओडी´ नामक औसधिको ब्याच नम्बर (TEOD-26) लाई बिक्री वितरणमा राेक लगाईएकाे हाे।
साे ब्याचमा उत्पादित औसधि राष्ट्रिय औसधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएकाे विभागले जनाएको छ।
एमाेक्सिसिलिन वर्गकाे साे ट्याब्लेट ब्याक्टेरियल इन्फेक्सनकाे उपचारमा प्रयाेग हुने एन्टिबायोटिक हाे। खराबी देखिएकाे औसधि बिक्री वितरण नगर्न र बजारमा भए तत्काल फिर्ता ल्याउन विभागले कम्पनीलाई निर्देशन दिएको छ।
उक्त औसधि सिफारिस र प्रयोग नगर्न पनि सम्बन्धित सबैमा विभागको अनुरोध छ।




