बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जनकपुर सबैभन्दा गर्मी, तापक्रम ३० डिग्रीसम्म

जनकपुर सबैभन्दा गर्मी, तापक्रम ३० डिग्रीसम्म

images
२०८२ फाल्गुण ५ गते, मंगलवार
२०८२ फाल्गुण ५ गते, मंगलवार
  • काठमाडौं। तराईका विभिन्न स्थानमा तापक्रम दिनानाेदिन बढ्दाे क्रममा छ।

    images

    केही सहरमा आज दिउँसो तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्नसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आकलन छ।

    images

    महाशाखाका अनुसार जनकपुरमा आज दिउँसो अधिक्तम तापक्रम २८ देखि ३० डिग्रीसम्म पुग्नसक्नेछ।

    जनकपुरमा साेमबार अधिक्तम तापक्रम २८.२ डिग्री सेल्सियस मापन भएको थियाे। आज बिहान ८:४५ बजे त्यहाँको तापक्रम २९ डिग्री मापन भएको महाशाखाले जनाएको छ।

    यस्तै विराटनगर, धरान र  सिमरामा मंगलबार दिउँसो तापक्रम २९ डिग्री पुग्नसक्ने पूर्वानुमान गरिएकाे छ। 
    काठमाडौंमा पनि दिउँसो गर्मी बढ्नेछ।

    आईतवारसम्म २१ डिग्रीभन्दा कम रहेकाे तापक्रम आज दिउँसो बढेर २२ डिग्री सेल्सियससम्म पुग्नसक्ने महाशाखाकाे पूर्वानुमान छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend